खेलाडीले बहिष्कार गरेपछि बीपीएलको आजको खेल भएन

खेलाडीले बहिष्कार गरेपछि बीपीएलको आजको खेल भएन

ढाका : खेलाडीहरूको बहिष्कारका कारण बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार हुने भनिएको पहिलो खेल निर्धारित समयमा सुरु हुन सकेको छैन।

चट्टोग्राम रोयल्स र नोवाखाली एक्सप्रेसबीचको खेल स्थानीय समयअनुसार दिउँसो १ बजे सुरु हुनुपर्ने थियो, जसका लागि १२:३० बजे टसको समय तोकिएको थियो। तर, दुवै टोली खेलस्थलमा उपस्थित नभएपछि खेल अनिश्चित बनेको छ।

उक्त खेलका म्याच रेफ्री सिपार अहमदले ईएसपीएन क्रिकइन्फोसँग कुरा गर्दै भने, ‘हामी मैदानको बीचमा उभिरहेका छौँ। के भइरहेको छ हामीलाई थाहा छैन। यस विषयमा बीपीएलको प्राविधिक समितिले मात्र राम्रोसँग बताउन सक्ला।’

यसअघि, ‘क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेश’ले हिजो साँझ घोषणा गरेअनुसार खेलाडीहरूले क्रिकेटका सबै गतिविधि बहिष्कार गर्ने चेतावनी दिएका थिए।

सोही बहिष्कारका कारण बिहीबार बिहान सुरु हुनुपर्ने ढाका क्रिकेट लिगका खेलहरू पनि प्रभावित भएका छन् र सुरु हुन सकेका छैनन्।

माघ १, २०८२ बिहीबार १३:०७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।