माघे सङ्क्रान्तिको अवसरमा ‘गोबर गणेश’ प्रदर्शन
काठमाडौं : चर्चित हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ बिहीबारदेखि देशभर प्रदर्शनमा आएको छ।
‘बल्छी धुर्वे फिल्मस्’ को ब्यानरमा निर्माण भएको यो चलचित्रले सामाजिक कथावस्तुलाई उठान गरेको छ।
विशेषगरी, आम नागरिकले देख्ने काठमाडौंको सपना र त्यहाँको सङ्घर्षलाई चलचित्रको मुख्य विषय बनाइएको छ।
काठमाडौंमा सुखसयलको जीवन बिताउने सपना र त्यो पूरा नहुँदा भोग्नुपर्ने यथार्थलाई ‘गोबर गणेश’ मा हेर्न सकिने निर्माण पक्षले जनाएको छ।
चलचित्रमा निर्देशक श्रेष्ठ स्वयंसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, विनोद न्यौपाने, माओत्से गुरुङ, विशाल पहाडी, रमेश बुढाथोकी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
यस्तै, चलचित्रमा पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु) र स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ।
माघ १, २०८२ बिहीबार १२:१७:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।