ललितपुरमा ट्रायम्फ मोटरसाइकल्सको नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा
ललितपुर : ट्रायम्फ मोटरसाइकल्स नेपालले ललितपुरको मीनभवनमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
‘बाइकर डिपो प्रा.लि.’ द्वारा सञ्चालित यो सुविधामा हाल सर्भिस (मर्मत) र स्पेयर पार्ट्सको सेवा सुरु भएको छ भने बिक्री कक्ष (शोरुम) चाँडै सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ सेन्टरमा अत्याधुनिक पूर्वाधार, कम्पनीद्वारा स्वीकृत उपकरण र प्रशिक्षित प्राविधिकहरू रहेका छन्।
यहाँ विश्वव्यापी मापदण्डअनुसारको मर्मत सेवा र ‘जेनुइन’ स्पेयर पार्ट्स उपलब्ध हुनेछ, जसले ट्रायम्फ राइडरहरूलाई सहजता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
माघ १, २०८२ बिहीबार १०:३८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।