प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

काठमाडौं : प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न भएको छ।

बैंकका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गरेको छ।

सभाले बैंकको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साथै, बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लि. को एकीकृत वित्तीय विवरण पनि पारित भएको छ।

हाल बैंकले देशभर ३१२ शाखा, ६८ एक्स्टेन्सन काउन्टर र २६९ एटिएम सञ्जालमार्फत ३७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जानकारी सभामा दिइएको थियो।

माघ १, २०८२ बिहीबार ०९:४५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।