युएईमा अध्ययनका नाममा लाखौं ठगी गर्ने ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ

युएईमा अध्ययनका नाममा लाखौं ठगी गर्ने ५ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं : वैदेशिक अध्ययनका लागि युएई पठाइदिने भन्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा प्रहरीले पाँच जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी सञ्चालक) लाई पक्राउ गरेको छ।

विद्यार्थीलाई युएईका प्रतिष्ठित कलेजमा भर्ना गराउने र त्यहाँबाट फ्रान्स तथा अष्ट्रेलियाका विश्वविद्यालयहरूमा ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने प्रलोभन देखाइ ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका सञ्चालकहरूले विद्यार्थीलाई युएईको उच्च शिक्षा मन्त्रालय तथा ‘कमिसन फर एकेडेमिक एक्रिडिटेसन’बाट स्वीकृति नै नलिएका तालिम केन्द्रहरूमा पठाउने गरेको पाइएको छ।

उनीहरूले प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम लिई विद्यार्थीलाई झुक्याएको प्रहरीले जनाएको छ। हालसम्म १३ जना पीडितले दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई पक्राउ गरिएको हो।

ठगी आरोपमा पक्राउ पर्नेहरूमा काठमाडौंका विभिन्न स्थानमा सञ्चालित कन्सल्टेन्सीका सञ्चालकहरू रहेका छन्:

१. कृष्ण थापा (२९ वर्ष) - सञ्चालक, बेस्ट पाथ एजुकेसन प्रा.लि., कामनपा-३१। (स्थायी घर: नुवाकोट)
२. रामचन्द्र टन्डन - सञ्चालक, मर्सी एजुकेसन कन्सल्टेन्सी प्रा.लि., नारायण गोपाल चोक। (स्थायी घर: कपिलवस्तु)
३. सुवाश सिलवाल क्षेत्री (३१ वर्ष) - सञ्चालक, सिटीहब एजुकेसन नेटवर्क प्रा.लि., कामनपा-३१। (स्थायी घर: काठमाडौं)
४. हेमराज भट्ट (४८ वर्ष) - सञ्चालक, कान्तिपुर अब्रोड कन्सल्टेन्ट प्रा.लि., लाजिम्पाट। (स्थायी घर: दार्चुला)
५. दामोदर ढकाल (४८ वर्ष) - सञ्चालक, कान्तिपुर अब्रोड कन्सल्टेन्ट प्रा.लि., लाजिम्पाट। (स्थायी घर: सिन्धुपाल्चोक)

पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माघ १, २०८२ बिहीबार ०९:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।