माइडियाको अफर : टी-२० विश्वकप हेर्न मुम्बई जाने अवसर, पहिलो विजेता घोषणा
काठमाडौं : विश्वकै अग्रणी स्मार्ट होम अप्लायन्स ब्रान्ड माइडियाले आफ्ना ग्राहकहरूलाई टी-२० विश्वकप क्रिकेट हेर्न मुम्बई लैजाने अफर अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ।
कम्पनीले सञ्चालन गरेको ‘बाइ, विन, फ्लाइ’ योजनाअन्तर्गत दिवस लामिछाने पहिलो भाग्यशाली विजेता बनेका छन्।
लामिछानेले काठमाडौंको सीजी डिजिटलबाट माइडियाको इलेक्ट्रिक केटल खरिद गरी यो योजनामा सहभागी भएका थिए।
अब उनले माइडियाको खर्चमा ४ रात ५ दिनको मुम्बई भ्रमण गर्नुका साथै ऐतिहासिक वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्। भ्रमणका लागि हवाई टिकट, होटल बसाइ र म्याच टिकटको सम्पूर्ण खर्च कम्पनीले व्यहोर्नेछ।
यस योजनामा सहभागी हुन ग्राहकले माइडियाका उत्पादन खरिद गरी Midea [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्नेछ। यो योजना सीमित अवधिका लागि मात्र लागू गरिएको छ।
माइडियाले यस क्याम्पेनका साथै सरल ईएमआई, एक्सचेन्ज अफर र वासिङ मेसिन खरिदमा एरिअल डिटर्जेन्ट निःशुल्क दिने सुविधा पनि ल्याएको छ।
पुष ३०, २०८२ बुधबार १३:३३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।