पाल्पाको जोर्तेमा टिपर खस्दा एक जनाको मृत्यु

पाल्पाको जोर्तेमा टिपर खस्दा एक जनाको मृत्यु

तानसेन : पाल्पाको रिब्दीकोट गाउँपालिका-२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

नवलपरासीबाट सिमेन्ट बोकेर गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिपर आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीका अनुसार मृतकको स्थायी ठेगाना खुल्न सकेको छैन। मृतक सुनार टिपर चालक हुन् वा अन्य व्यक्ति हुन् भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको उक्त टिपर सडकबाट करिब २५० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनालगत्तै प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। भौगोलिक विकटता, खोला र झाँडी भएको स्थानमा दुर्घटना भएकाले टिपरमा अन्य व्यक्ति सवार थिए वा थिएनन् भन्नेबारे खोजी कार्य भइरहेको डिएसपी चौधरीले जानकारी दिए।

पुष ३०, २०८२ बुधबार ०९:५५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।