काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुँदै
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।
प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका तीनवटा फिडरमा मर्मत तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो।
प्राधिकरणका अनुसार फिडरको भार (लोड) मिलाउन तथा नयाँ पासिकोट फिडर निर्माण गरी ब्रेकर तथा भूमिगत तार चार्ज गर्नका लागि गणेशस्थान, भङ्गाल र शिवपुरी फिडर अन्तर्गतका क्षेत्रमा बिजुली काटिनेछ।
कुन ठाउँमा कति बजेसम्म जाँदैछ बिजुली?
१. गणेशस्थान फिडर: बिहान ११:३० देखि अपराह्न १:३० बजेसम्म (भोटे चोक, गणेशस्थान र आसपासका क्षेत्र)।
२. भङ्गाल फिडर: बिहान ११:३० देखि दिउँसो १:०० बजेसम्म (तल्लो भङ्गाल, धोविखोला करिडोरलगायतका क्षेत्र)।
३. शिवपुरी फिडर: दिउँसो १:०० देखि २:०० बजेसम्म (बूढानीलकण्ठ नगरपालिकाको पासिकोट, च्यासिङडोललगायतका क्षेत्र)।
तोकिएको काम निर्धारित समय अगावै सम्पन्न भएमा सूचनामा उल्लेखित समयभन्दा अगाडि नै विद्युत् आपूर्ति नियमित गरिने प्राधिकरणले जनाएको छ।
पुष ३०, २०८२ बुधबार ०७:४३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।