‘गोबर गणेश’लाई सेन्सरको ‘युनिभर्सल’ सर्टिफिकेट

‘गोबर गणेश’लाई सेन्सरको ‘युनिभर्सल’ सर्टिफिकेट

काठमाडौं : हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले सोमबार फिल्मलाई सर्टिफिकेट प्रदान गरेको हो।

सेन्सर बोर्डको यो निर्णयसँगै अब बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले यो चलचित्र हेर्न पाउनेछन्। आगामी माघ १ गते (माघे संक्रान्ति) देखि देशभर प्रदर्शनको तयारीमा रहेको यो चलचित्र पढाइमा कमजोर एक गाउँले युवकले काठमाडौं आएर गरेको संघर्षको कथामा आधारित छ।

‘बल्छी धुर्वे फिल्मस’को प्रस्तुतिमा निर्माण भएको फिल्ममा मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, बुद्धि तामाङ, विनोद न्यौपाने, निर्मल शर्मा, माओत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्ने यो फिल्मलाई सेन्सर बोर्डका सदस्यहरूले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक श्रेष्ठले जानकारी दिए।

पुष २९, २०८२ मंगलबार १५:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।