विप्लवका केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

विप्लवका केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदीले पार्टी परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

सुवेदीलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा नेता वर्षमान पुन ‘अनन्त’ ले पार्टीमा स्वागत गरेका हुन्।

रोल्पामा विप्लव समूहको प्रभावशाली नेता मानिने सुवेदीको प्रवेशले उक्त क्षेत्रमा विप्लवको संगठनलाई ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।

पार्टी प्रवेश कार्यक्रममा सुवेदीले विप्लवको कार्यदिशा अस्पष्ट रहेको र क्रान्तिका नाममा भ्रम मात्र सिर्जना गरेको भन्दै अबको राजनीतिक निकास मूलधारको कम्युनिष्ट पार्टीबाट मात्र सम्भव देखेर नेकपामा समाहित भएको बताएका छन्।

पुष २९, २०८२ मंगलबार ११:५५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।