२०२५ मा एक्सपेङद्वारा ६६ लाख टन कार्बन कटौती
काठमाडौं : चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी एक्सपेङ (एक्सपेङ)ले सन् २०२५ मा वातावरण संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
कम्पनीले गत वर्ष विश्वभर करिब ६६ लाख १० हजार (६.६१ मिलियन) मेट्रिक टन कार्बन उत्सर्जन कटौती गर्न सफल भएको जनाएको छ।
यो उपलब्धि जनवरीदेखि डिसेम्बर २०२५ सम्म डेलिभर भएका एक्सपेङ का गाडीहरूको उत्पादनदेखि प्रयोग र पुनःप्रशोधनसम्मको समग्र जीवनचक्रको मूल्याङ्कनबाट प्राप्त भएको हो।
कम्पनीका अनुसार यो कार्बन कटौती १० वर्षसम्म हुर्काइएका करिब ११ करोड रुखले सोस्ने कार्बन बराबर हो।
उन्नत विद्युतीय पावरट्रेन र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणाली जडान गरिएका एक्सपेङ का गाडीहरूले फोसिल इन्धनको निर्भरता घटाउँदै स्वच्छ वातावरण निर्माणमा योगदान दिइरहेका छन्।
नेपालमा पनि एक्सपेङ का गाडीहरूप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ।
नेपालको विद्युतीय सवारी रूपान्तरण अभियानलाई साथ दिँदै कम्पनीले सुरक्षित, अत्याधुनिक र वातावरणमैत्री मोबिलिटी सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
पुष २९, २०८२ मंगलबार १०:२७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।