हुन्डाईद्वारा २०२६ मा प्रविधि र ग्राहकलाई अझ बढी प्राथमिकता दिने प्रतिबद्धता
काठमाडौं : हुन्डाई नेपालले ग्राहकको विश्वास, स्मार्ट मोबिलिटी र दीर्घकालीन मूल्य मान्यतालाई प्राथमिकतामा राख्दै सन् २०२६ को सुरुवात गरेको छ।
देशभरि बलियो डिलर र सेवा सञ्जाल विस्तार गरेको हुन्डाईले नेपाली सडक र परिस्थिति सुहाउँदो गाडीहरू उपलब्ध गराउँदै आएको छ।
ह्याचब्याकदेखि प्रिमियम एसयूभी र विद्युतीय गाडीसम्मका विविध मोडलहरूका साथ हुन्डाई नेपाली परिवारमाझ भरपर्दो ब्रान्ड बनेको कम्पनीले जनाएको छ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउन हुन्डाईले ‘क्रेटा इभी’ र ‘कोना इलेक्ट्रिक’ जस्ता मोडलहरू भित्र्याएर वातावरणमैत्री यात्रामा योगदान दिइरहेको छ।
सन् २०२६ को योजनाबारे बोल्दै हुन्डाई नेपालका प्रवक्ताले भने, ‘हुन्डाई नेपाली ग्राहकका लागि कार ब्रान्ड मात्र नभएर दीर्घकालीन यात्राको साझेदार हो। नयाँ वर्षमा हामी अत्याधुनिक प्रविधि, भरपर्दो स्वामित्व र ग्राहकलाई उत्कृष्ट सेवा दिन केन्द्रित रहनेछौं।’
कम्पनीले बिक्रीपछिको सेवा, ओरिजिनल पार्टपुर्जा र तालिम प्राप्त प्राविधिकहरूको उपस्थितिले ग्राहकलाई ढुक्क भएर हुन्डाईका गाडी चढ्न प्रेरित गरेको बताएको छ।
पुष २९, २०८२ मंगलबार १०:१८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।