कांग्रेस संस्थापन पक्षधरले बोलायो केन्द्रीय समितिको बैठक

कांग्रेस संस्थापन पक्षधरले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं : भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहेको बेलामा नेपाली कांग्रेस संस्थापन पक्षधरले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले  भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिएका हुन्।केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आव्हान भएको हो।

पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला पक्षका नेताहरू विशेष महाधिवेशनको विपक्षमा भए पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व लिएर आइतबारबाट विशेष महाधिवेशन सुरु गरे। विशेष महाधिवेशनमा ५६ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी रहेको आयोजक पक्षले दाबी गरिरहेका छन्।

सोमबार सुरु भएको बन्द सत्रले महाधिवेशनमा नीतिहरू पारित गरेसँगै नियमित महाधिवेशन नभएसम्मका लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचनको कार्यतालिका पारित गरेपछि संस्थापन पक्ष सहमति गर्न भन्दै सक्रिय भएका छन्। यता संस्थापन पक्षधरले पार्टीको केन्द्रीय समितिको बैठक राख्दा उता विशेष महाधिवेशन पक्षधरहरूले भने मङ्गलवारै निर्वाचनको कार्यविधि अनुसार प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन्।

पुष २८, २०८२ सोमबार १९:४१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।