कांग्रेसको विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बियो
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलबारसम्म लम्बिने भएको छ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो।
विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलबारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिन सक्ने बताइएको छ।
बन्दसत्रमा सोमबार सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ।
पुष २८, २०८२ सोमबार १८:०१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।