माघ ४ गते राष्ट्रियसभा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

माघ ४ गते राष्ट्रियसभा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं : सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ ४ गते बिहान ११ बजेका लागि राष्ट्रियसभा बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ। यसअनुसार सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

पुष २८, २०८२ सोमबार १५:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।