बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ साडीघाटीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।
डडेल्धुरा अस्पतालमा उपचारको क्रममा घाइते सिगास गाउँपालिका १ स्थित २७ वर्षीय बसन्ती ऐरको मृत्यु भएसँगै मृतकको सङ्ख्या चार पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरजसिंहले जानकारी दिए।
मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप सोमबार बिहान ११ बजे अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा परेर सिगास- १ का २४ वर्षीय निशान्त बोहरा, सोही ठाउँका २९ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका- ३ का १३ वर्षीय राकेश रावलको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त दुर्घटनामा परेर बैतडीको सिगास- १ बस्ने वर्ष १९ की बिमला ऐर, सोही ठाउँकी चार वर्षीया प्रन्सा ऐर, दुधिलाखान बस्ने वर्ष २८ का गणेश विष्ट (चालक), बैतडी पाटन नगरपालिका- ८ बस्ने वर्ष २५ की कमला विष्ट, सिगास गाउँपालिका- १ बस्ने वर्ष २५ की लालमणि बोहरा र डडेल्धुरा आलिताल गाउँपालिका- ३ बस्ने वर्ष ३२ को वीरेन्द्र बोहरा घाइते रहेका छन्। घाइतेको डडेल्धुरा अस्पताल उपचार भइरहेको छ। -रासस
पुष २८, २०८२ सोमबार १४:५०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।