एनसेलले ल्यायो ‘युवा सिम’ : २९९ रुपैयाँमा अनलिमिटेड कल र ५ जीबी डेटा

एनसेलले ल्यायो ‘युवा सिम’ : २९९ रुपैयाँमा अनलिमिटेड कल र ५ जीबी डेटा

काठमाडौं : एनसेलले जेन-जी पुस्तालाई लक्षित गर्दै नयाँ स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ।

शनिबारदेखि सुरु भएको यो सिमको मूल्य करसहित २९९ रुपैयाँ तोकिएको छ।

यस प्याकमा २८ दिनको समयावधिका लागि अनलिमिटेड अन-नेट (एनसेल-टु-एनसेल) कल र ५ जीबी डेटा उपलब्ध छ।

साथै, डिजिटल वालेटहरू (इसेवा, खल्ती) र अनलाइन लर्निङ प्लेटफर्म ‘मेरो स्कुल’ प्रयोग गर्दा निःशुल्क डेटाको सुविधा छ।

यसबाहेक, प्रयोगकर्ताले १९ रुपैयाँमा २४ घण्टाका लागि १ जीबी सोसल मिडिया डेटा प्याक लिन सक्नेछन्।

यो सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रतिमिनेट १ रुपैयाँ र प्याकको डेटा सकिएपछि पे-एज-यू-गो अन्तर्गत प्रतिएमबी ५० पैसा शुल्क लाग्ने कम्पनीले जनाएको छ।

यो सिम लिनका लागि नागरिकता वा सवारी चालक अनुमतिपत्रका साथै विद्यार्थी परिचयपत्र पेश गर्नुपर्नेछ।

आफ्नो परिचयपत्र नभएको खण्डमा अभिभावकको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर पनि सिम लिन सकिने एनसेलले जनाएको छ।

पुष २८, २०८२ सोमबार ११:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।