"हामी तपाईँको शत्रु हैनौँ, शत्रु तपाईँलाई पुन सक्रिय बनाउन चाहनेहरू हुन्"
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू पार्टी सभापति शेरबहादुर देउवाको शत्रु नभएको बरु सम्मान गर्नेहरू रहेको बताए। उनले भदौ २३ अनि २४ को घटनापछि सबैभन्दा बढी चिन्ता लिने र भदौ २५पछि भेटेर अब भयो नेतृत्व छाड्नुस् भन्नेहरू आफू र विश्वप्रकाश शर्मा रहेको बताउँदै उनले जसले नेतृत्व छाडिसकेको देउवालाई पुन सक्रिय गराउन गए ती शत्रु भएको बताए।
"तपाईँले नै हैन मंसिर भित्र महाधिवेशन गर्नु भनेर भनेको," उनले देउवालाई भने" तपाईँले कार्यवाहक सभापति तोकेर नेतृत्व छाड्ने निर्णय गर्दा वाह नेता हुनु र देउवा जस्तो भनेका हैनन्?"
उनले भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र भइरहँदा देउवाको निवासमा पार्टीका नेताहरूको छलफल भइरहेको प्रसङ्ग उल्लेख गर्दै भने "उहाँहरूले तपाईँलाई भनिरहेका होलान् दुई महामन्त्रीले दुख दिए। तर दुख हामीले हैन ती नेताहरूले दिएका हुन्।"
पुष २७, २०८२ आइतबार १८:४९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।