"जेनजी अन्तरिक्षबाट आएका हैनन्, हाम्रै काखमा हुर्किएका भाइबहिनी हुन्"

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी पुस्ता अन्तरिक्षबाट आएका नभई हाम्रै काखमा र आँगनमा हुर्किएका भाइबहिनी भएको बताए। उनले असन्तुष्टिका कारण उब्जिएको आन्दोलनमा भएका क्षतिलाई देखाएर जेनजी पुस्ताको विरोध गर्नुको अर्थ नहुने भन्दै उनीहरूले अगाडि बढाएको मागको सम्बोधन हुनुपर्ने बताए।

उनले जेनजी पुस्ताको आवरणमा भएका घुसपैठलाई हेर्नुपर्ने, भदौ २३ र भदौ २४ को घटनालाई अलग राखेर हेर्नुपर्ने र अनुसन्धान हुनुपर्ने भन्दै जेनजीको भावनालाई समेत आत्मसात् गरेर अगाडि बढ्नु नै अहिलेको आवश्यकता रहेको उनले बताए।

पुष २७, २०८२ आइतबार १८:२३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।