विशेष महाधिवेशनबाट पार्टी विधिमा फर्कियो : महेश आचार्य

विशेष महाधिवेशनबाट पार्टी विधिमा फर्कियो : महेश आचार्य

काठमाडौं : नेपाली कांग्रेसका नेता महेश आचार्यले विधि र विधानसम्मत रूपमा पार्टी चल्नुपर्छ भन्नेहरूको जित भएको बताए। विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेस विधिमा फर्किएको बताए।

उनले बहुमत महाधिवेशन प्रतिनिधि जता उभिन्छन् पार्टीको नेतृत्व त्यतै उभिनुपर्ने बताउँदै उनले विधि र विधान नमान्ने नेताहरूलाई महाधिवेशन प्रतिनिधिहरूले महत्वपूर्ण सन्देश दिएको बताए। उनले अब भदौ २४ मा जस्तो विध्वंस हुन नदिने सन्देश दिन अनिवार्य रहेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवा लगायतलाई बहुमत महाधिवेशन प्रतिनिधीहरुको मतको सम्मान गर्न आग्रह गरे।

भृकुटीमण्डपमा जारी रहेको उद्घाटन सत्रमा उनले अहिलेको अवस्थामा देशलाई सङ्कटबाट उठाउन भदौ २४ मा जलेको सिंहदरबारको गाथा गाएर मात्र नहुने भन्दै कांग्रेस पुनर्निर्माणको सन्देश लिएर जानुपर्ने बताए।

पुष २७, २०८२ आइतबार १७:४९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।