विशेष महाधिवेशनमा ५० प्रतिशत नाघ्ने देखेपछि देउवाले बोलाएर गुट भेला
काठमाडौं : भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधीहरुको संख्या ५१ प्रतिशत नाघ्ने देखेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई छलफल गर्न आकस्मिक रूपमा आफ्नो निवासमा बोलाएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधीहरुको संख्या ५० प्रतिशत पुगिसकेको आयोजक पक्षको दाबी छ। सो अधिवेशनमा देउवा निकट पुष्पा भुसालसहित ३० जना केन्द्रीय सदस्यसहित, विनोद चौधरी लगायतका नेताहरू समेत सहभागी भएपछि देउवाले भावी रणनीति निर्माण गर्न आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका हुन्।
पहिला देउवाले विशेष महाधिवेशनको उद्घाटन कार्यक्रमबारे छलफल गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकलाई बोलाएर छलफल गरेपछि अन्य नेताहरूलाई आफ्नो निवासमा बोलाएका हुन्। विशेष महाधिवेशनको आयोजक समितिले सभापति शेरबहादुर देउवासहितका नेताहरूलाई पनि निमन्त्रणा दिएका थिए। तर उनीहरू गएनन्।
पुष २७, २०८२ आइतबार १७:१४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।