जसपा-लोसपा एकीकरण, महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

जसपा-लोसपा एकीकरण, महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष हुनेगरि पार्टी एकीकरण भएको छ। आइतबार भएको १२ बुँदे सम्झौतामा ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाउने उल्लेख छ। 

सहमति अनुसार ११ सदस्यीय  सचिवालय गठन गर्ने र एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने उल्लेख छ। मधेस केन्द्रित राजनीतिमा सक्रिय रहेका दुवै दलका नेता प्रारम्भदेखि नै विभाजित रहँदै आएका थिए। बिचमा मधेस केन्द्रित दलहरू मिलेर एकै दल बने पनि उनीहरू लामो समय एकै स्थानमा रहन सकेनन् र विभाजित भए।

जेनजी आन्दोलनसँगै उनीहरू आगामी निर्वाचनमा एकीकृत हुन पुन एकीकरणमा लागेका हुन्।

पुष २७, २०८२ आइतबार १७:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।