कांग्रेस काठमाडौंका सभापति कृष्णले गरे विशेष महाधिवेशनको सभापतित्व

कांग्रेस काठमाडौंका सभापति कृष्णले गरे विशेष महाधिवेशनको सभापतित्व

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ गरेका छन्। 

विगतको नजिर पछ्याउँदै काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंका सभापतिलाई दिइएको हो।

वि.सं. २०१४ सालमा मोरङमा भएको कांग्रेसको पहिलो विशेष महाधिवेशनमा तत्कालीन मोरङ सभापति गिरिजाप्रसाद कोइरालाले अध्यक्षता गरेका थिए। ६ दशकअघिको त्यही नजिरलाई आधार मान्दै यस पटक पनि आयोजक जिल्लाका सभापतिलाई नै सभापतित्व सुम्पिएको हो। 

त्यस्तै विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्ने छन्। पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन सत्रमा सहभागी नहुने निश्चित भएपछि महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रूपमा विशेष महाधिवेशनको उद्घाटन गरेका छन्। 

पुष २७, २०८२ आइतबार १४:१६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।