रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार शनिबार सवा तीन बजे सचिवालयको भर्चुअल बैठक बस्न लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ। बैठकमा पार्टी एकता, समायोजन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए।
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल र रास्वपाबीच एकताको सहमति भएको थियो। तर, उक्त सहमति कार्यान्वयन हुन सकेको छैन। आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सोही विषयमा केन्द्रित हुने बताइएको छ।
पुष २६, २०८२ शनिबार १५:१९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।