कृषि विकास बैंकको वार्षिकोत्सवमा भएको रक्तदानमा १२१ युनिट रगत संकलन
काठमाडौं : कृषि विकास बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा बैंकको कर्मचारी संघ (मुख्य कार्यालय समिति) ले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा १२१ युनिट रगत संकलन भएको छ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मुख्य कार्यालयमा सम्पन्न कार्यक्रममा बैंक, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ (विफु)का अध्यक्ष धर्मराज मैनाली प्रमुख अतिथि थिए।
कार्यक्रममा बैंकका कर्मचारी संघका अध्यक्ष छगेन्द्र आचार्य, बैंकका सीईओ, उच्च पदस्थ अधिकारी तथा कर्मचारीहरूको बाक्लो उपस्थिति थियो।
संघका मुख्य कार्यालय समिति अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षता र सचिव सन्दिप रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वक्ताहरूले रगत अभाव कम गर्न र समाजसेवामा ट्रेड युनियनको भूमिका बढाउन यस्ता कार्यक्रम फलदायी हुने बताए।
संघले माघ महिनाभित्रै अन्य प्रदेश समितिहरूमार्फत पनि देशभर रक्तदान कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
पुष २६, २०८२ शनिबार ११:०९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।