आजको मौसम : तराईमा मध्यान्हसम्म हुस्सु, पहाडी भेगमा आंशिक बदली

आजको मौसम : तराईमा मध्यान्हसम्म हुस्सु, पहाडी भेगमा आंशिक बदली

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

तराई क्षेत्रको मौसम भने केही धुम्म हुने देखिएको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि क्रमिक रूपमा हट्दै जाने महाशाखाले जनाएको छ।

तर, तराईका अन्य बाँकी भू-भागमा भने मध्यान्हसम्मै हुस्सु र कुहिरो कायमै रहने सम्भावना छ।

आज राति देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, तराईका केही स्थानहरूमा भने राति पनि हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ।

पुष २६, २०८२ शनिबार ०८:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।