पल्सर स्पोर्ट्स अवार्ड : दीपेन्द्र र एरिका वर्षका उत्कृष्ट खेलाडी
पोखरा : क्रिकेटर दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित '२२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०२५' मा उनीहरू उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
पोखरामा सम्पन्न अवार्ड समारोहमा वर्षको उत्कृष्ट पुरुष खेलाडी बनेर अवार्ड जितेका ऐरीले पुरस्कार स्वरूप पल्सर एनएस २०० एबिएस मोटरसाइकल प्राप्त गरे। सन् २०२५ भर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र प्रशिक्षकलाई विभिन्न ११ विधामा सम्मान गरियो।
यस पटकको 'पिपुल्स च्वाइस अवार्ड' भलिबलका हिमाल सुनारीले जिते भने क्रिकेटकी पूजा महतो वर्षकी उत्कृष्ट युवा खेलाडी र पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी वर्षका उत्कृष्ट प्रशिक्षक घोषित भए। त्यस्तै, ऐतिहासिक सफलता हात पारेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई 'एनएसजेएफ ट्रेलब्लेजर अफ द इयर' बाट सम्मानित गरियो।
नेपाली खेलकुदमा पुऱ्याएको दीर्घकालीन योगदानको कदर गर्दै वरिष्ठ खेलाडी खड्गबहादुर रानाभाटलाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' र वरिष्ठ खेल प्रशिक्षक तुलसी कुमार गुरुङलाई 'स्पेसल अवार्ड' प्रदान गरिएको छ। कार्यक्रममा पारा खेलाडी सम्मानबाट प्रवा आङ्दाम्बे र वर्षको उत्कृष्ट टोलीको रूपमा खो-खो टोली पुरस्कृत भए।
पुष २५, २०८२ शुक्रबार १८:५६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।