पिकनिकबाट फर्कँदा जीवी राइको कम्पनीको बस पल्टियो, चार जनाको मृत्यु

पिकनिकबाट फर्कँदा जीवी राइको कम्पनीको बस पल्टियो, चार जनाको मृत्यु

काठमाडौं :  काठमाडौंको शंकरापुर नगरपालिका–३ मा रहेको जङ्गलमा  बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो। 

दुर्घटनामा घाइते भएकाहरूमध्ये चार जनाको मृत्यु भएको र त्यसमा ३ जना महिला र १ जना पुरुष रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन्।

घाइतेहरूको स्तुपा अस्पतालमा, नेपाल मेडिकल कलेजमा र शंखरापुर अस्पताल लगायतमा उपचार भइरहेको छ। प्रहरीका अनुसार नेचर हब कम्पनीका कर्मचारीहरू पिकनिक गएर फर्कनेक्रममा बस दुर्घटनामा परेको थियो। नेचर हब कम्पनी सहकारी ठगीमा फरार रहेका जीवी राइको नेतृत्वमा रहेको कम्पनी हो।

पुष २३, २०८२ बुधबार २१:२३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।