एसवाई प्यानल नेपालको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले घट्यो
काठमाडौं : बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७४ अंकले घटेको छ।
बुधवार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधवार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ।
बुधवार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढ्यो। यद्यपि, अन्य बढेका स्टकहरूको मूल्य वृद्धि दर साढे ३ प्रतिशतभन्दा कममा सीमित रह्यो। एसवाई प्यानल नेपालको सेयर मूल्य सर्वाधिक ८.४५ प्रतिशतले घट्यो। जीवन विकास लघुवित्तको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा बढी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये बुधवार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढी घटेको छ।
पुष २३, २०८२ बुधबार १५:५८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।