ग्लोबल आइएमई बैंक १९ औँ वर्षमा, १५ वर्ष सेवा गरेका १७५ कर्मचारी सम्मानित

ग्लोबल आइएमई बैंक १९ औँ वर्षमा, १५ वर्ष सेवा गरेका १७५ कर्मचारी सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा बैंकमा लामो समय सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकमा १५ वर्ष सेवा पूरा गरेका १७५ जना कर्मचारीहरूलाई सम्मान गरिएको हो।

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा अध्यक्ष ढकालसहित सञ्चालक समितिका सदस्यहरू र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कर्मचारीहरूलाई खादा र सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले १९ वर्षअघि १९औँ वाणिज्य बैंकको रूपमा स्थापना भएको बैंकले छोटो समयमै आफूलाई वित्तीय सूचकहरूमा अब्बल बनाएको बताए।

उनले बैंकलाई उत्कृष्ट बनाउन कर्मचारीहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले डिजिटल युग सुहाउँदो र ग्राहकमैत्री सेवा दिने लक्ष्यसहित बैंक अघि बढेको बताए।

पुष २३, २०८२ बुधबार १३:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।