सिन्धुलीमा पाहुना आएका वृद्धको बाथरुममा लडेर मृत्यु
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकामा पाहुना आएका एक वृद्धको बाथरुममा लडेर मृत्यु भएको छ।
महोत्तरीको गौशाला नगरपालिका-८ कुस्माडी घर भएका अन्दाजी ६७/६८ वर्षीय तेज बहादुर बस्नेतको बुधबार राति मृत्यु भएको हो।
प्रहरीका अनुसार बस्नेत कमलामाई नगरपालिका-६ रातामाटास्थित आफ्ना मामा ससुरा गोकर्ण थापाको घरमा पाहुना लाग्न आएका थिए। बुधबार राति करिब ८ बजेको समयमा घरको बाथरुममा अचानक लडेर उनी गम्भीर घाइते भएका थिए।
लडेर घाइते भएका बस्नेतलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको थियो। तर, उपचारका क्रममा राति ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
पुष २३, २०८२ बुधबार ०९:४३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।