मन्त्री पद जोगाउन कुलमानले ढाँट्दै भने "म कुनै पार्टीको सदस्य छैन"

मन्त्री पद जोगाउन कुलमानले ढाँट्दै भने

काठमाडौं : उपाध्यक्षसहित राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्न सहमति गरेका कुलमान घिसिङले आफू कुनै पार्टीको सदस्य नभएको दाबी गरे। सोमबारको मन्त्रीपरिषद् बैठकमा दलका लागेका मन्त्रीपरिषद्का सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेकी थिइन्।  मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रास्वपामा प्रवेश गरेर पनि नागरिक सरकारमा किन बसेको भनेर सोधिएको प्रश्नमा उनले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको दाबी गरे।

स्वतन्त्र नागरिकको रूपमा सुशीला कार्कीको सरकारमा उर्जामन्त्री बनेका कुलमानले निर्वाचन आयोगमा आफ्नो संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराइसकेका छन्। उपसभापति पदसहित रास्वपा प्रवेश गर्न सहमत भएर सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरे पनि उनले दलीय आबद्धता भने स्वीकार गर्न सकेका छैनन्।

रास्वपासँग एकता गर्दा अध्यक्षलाई समानुपातिकमा राखेका उनको उज्यालो नेपाल पार्टीमा आलोचना भइरहेको छ। अहिलेसम्म उज्यालो नेपालले रास्वपासँग पार्टी एकता गर्ने निर्णयसम्म गर्न सकेको छैन। रास्वपामा १८ जनालाई समानुपातिक सूचीमा राख्न नाम बुझाए पनि जम्मा १४ जना परेको र त्यसमा पनि अधिकांश कुलमानका पारिवारिक सदस्य रहेको भन्दै आलोचना भए पनि उनको तर्फबाट समानुपातिकमा रहेका कसैले नाम फिर्ता लिएका छैनन्।

उनले आफ्नो भान्जा दाबी गरेका डा राम लामा नक्कली भान्जा रहेको पार्टीको आन्तरिक बैठकमा दाबी गर्ने गरेको र समानुपातिकमा आफ्नो कुनै ससुरा नभएको दाबी गर्ने गरेका छन्। उता रास्वपाको समानुपातिक सूचीमा पहिलो नम्बरमा परेका डा राम लामा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा बार्गेनिङ गर्दै हिँडेको आरोपमा समेत परेका छन्। यो प्रकरणमा खेलकुद मन्त्री बब्लु गुप्ता समेत जोडिएका छन्।

पुष २२, २०८२ मंगलबार १८:४१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।