आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली

काठमाडौं  : हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यतिबेला तराईका धेरै स्थानहरूमा हुस्सु लागिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।

यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राति तराईका धेरै स्थानहरूमा हुस्सु कायमै रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

पुष २२, २०८२ मंगलबार ०७:४३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।