भेनेजुएलाका राष्ट्रपतिको पक्राउबारे छोराको आक्रोश- ‘आज भेनेजुएला, भोलि अर्को देश हुन सक्छ’

भेनेजुएलाका राष्ट्रपतिको पक्राउबारे छोराको आक्रोश- ‘आज भेनेजुएला, भोलि अर्को देश हुन सक्छ’

एजेन्सी : भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा तथा सांसद निकोलस मादुरो गुएराले आफ्ना आमाबुवालाई अमेरिकाले नियन्त्रणमा लिएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका छन्।

उनले आफ्ना आमाबुवाविरुद्ध अमेरिकाले चालेको कदमको कडा आलोचना गरेका छन्।

मादुरो गुएराले चेतावनी दिँदै भने, ‘यदि कुनै देशको राष्ट्रपतिको 'अपहरण' लाई सामान्य बनाइयो भने, भोलि कुनै पनि देश सुरक्षित रहने छैन।’

उनले अगाडि थपे, ‘आज भेनेजुएला छ, भोलि दबाबमा झुक्न नमान्ने अरू कुनै पनि देश यसको सिकार हुन सक्छ। यो एउटा क्षेत्रीय समस्या मात्र नभई विश्वव्यापी राजनीतिक स्थिरताका लागि सीधा खतरा हो।’

गुएराले अमेरिकालाई आफ्ना आमाबुवा तत्काल रिहा गर्न माग गरेका छन्। साथै, उनले आरोप पत्रमा आफ्नो नाम पनि समावेश गरिएकोमा कडा शब्दमा निन्दा गरेका छन्।

पुष २२, २०८२ मंगलबार ०७:२८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।