ब्रिटिस कलेजका विद्यार्थीले खुलाए सञ्चालकको ठगीदेखि गम्भिर दुर्व्यवहारसम्मका घटना
काठमाडौं : थापाथलीमा रहेको ब्रिटिस कलेजका विध्यार्थीहरुले कलेजले दुबईमा इन्टर्नसँगै पढ्ने आवरणमा गरेको ठगी र महिला विद्यार्थीहरूमाथि कलेजको स्टाफबाट भएको दुर्व्यवहारबारे खुलाएका छन्। उकेरासँग विशेष कुरा गर्दै कलेजका दुई विद्यार्थीले कलेजले विदेशमा सम्बन्धन पाएको कलेज भन्दै गरेको ठगी र महिला विद्यार्थीमाथि कलेजकै कर्मचारीले गरेको दुर्व्यवहारका घटना खुलाएका हुन्।
उकेरासँग विशेष संवाद गर्ने विद्यार्थीहरूमा एक जना झुक्क्याइएर दुबई पुगेर फर्किएकी र अर्की विद्यार्थी अहिले पनि ब्रिटिस कलेजमै अध्ययनरत हुन्। यस अगाडि उकेराले सो कलेजले गरेको बदमासी निरन्तर सार्वजनिक गर्दै आएका छ। उता शिक्षा मन्त्रालयले गरेको अनुसन्धानमा समेत सो कलेजले अनुमति नै नलिई विद्यार्थीहरूलाई दुबई पठाउने गरेको र कलेज भन्दै इन्स्टिच्युटमा पठाएको खुलिसकेको छ।
पुष २१, २०८२ सोमबार २०:२५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।