अभिनेता सौगातलाई टिकटक भनेकै थाहा छैन रे !

अभिनेता सौगातलाई टिकटक भनेकै थाहा छैन रे !

काठमाडौं : अधिकांश कलाकारका लागि दर्शकहरूसँग जोडिने मुख्य माध्यम नै सामाजिक सञ्जाल बनेका छन्। इन्टाग्रामदेखि फेसबुकहुँदै टिकटकभर भेटिन्छन् नेपाली कलाकार। कुनै न कुनै कलाकारको त बासै यस्तै सामाजिक सञ्जालमा देखिन्छ।

सामाजिक सञ्जालको यस्तै क्रेजलाई मुख्य कथा बनाएको फिल्म ‘भाइरल गोर्खे’का जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठ भने टिकटकमा छैनन् मात्रै हैन टिकटकबारे थाहै छैन रे। टिकटक चलाएर नै दर्शकमाझ परिचित बनेको पात्रको कथामा निर्माण भएको फिल्ममा अभिनय गरेका सौगातले फिल्मको प्रेसमिटमा सोमबार टिकटबारे त थाहै नभएको र सुनेको मात्रै बताए।

उनकै छेउमा रहेकी अभिनेत्री सृष्टि श्रेष्ठलाई पनि टिकटकबारे सोध्दा आफूले टिकटक नचलाउने र अलि अलि मात्र सुनेको पो भनिन्।

अब जुन मुख्य कथा हो त्यसकै पात्र बन्दा त चर्चित हुनकै लागि यसो टिकटकमा कति नौटङ्की हुन्छ भन्ने बुझ्नकै लागी पना टिकटक त चलाउनु पर्ने हैन र भन्या! सौगात त अझ फिल्मको पात्रमा भिज्न त्यस्तै बनेर अभ्यास गर्ने कलाकार भनेर चिनिन्छन्। अब शिव श्रेष्ठ बनेर टिकटकमा भाइरल बन्ने प्रयासमा रहेको पात्र बनेका उनले टिकटकबारे थाहै नपाएर कसरी अभिनय गरे होलान्?

यो फिल्म आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ। यही दिन गोबर गणेश र मिरमिरे पनि रिलिज हुँदैछ।

पुष २१, २०८२ सोमबार २०:११:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।