प्राइम टाइल्सको ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा
काठमाडौं : प्रिमियम टाइल्स ब्रान्ड ‘प्राइम टाइल्स’ले आफ्ना उत्पादनको जानकारी डिलर र ग्राहकको पहुँचसम्मै पुर्याउने उद्देश्यले दुईवटा ‘अन ह्वील्स एक्सपेरियन्स सेन्टर’ (गुड्ने शोरुम) सञ्चालनमा ल्याएको छ।
यस अभियानअन्तर्गत विशेष रूपमा तयार पारिएका दुईवटा ब्रान्डेड ट्रक देशका विभिन्न भागमा रहेका आधिकारिक डिलरहरूसम्म पुग्नेछन्।
यी मोबाइल सेन्टरमार्फत डिलर, आर्किटेक्ट, निर्माणकर्मी तथा ग्राहकले प्राइम टाइल्सका नवीनतम डिजाइन, गुणस्तर र विशेषताको प्रत्यक्ष अवलोकन तथा अनुभव गर्न पाउने कम्पनीले जनाएको छ।
डिलरहरूसँगको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन र बजारमा ब्रान्डको उपस्थिति प्रभावकारी बनाउन यो नवीन अवधारणा सुरु गरिएको प्राइम टाइल्सले बताएको छ।
पुष २१, २०८२ सोमबार ११:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।