पुष्पलालका संकलित रचनासहितका पाँच पुस्तक एकै पटक सार्वजनिक
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका संकलित रचना र कम्युनिष्ट आन्दोलनको इतिहास समेटिएका पाँचवटा पुस्तक सार्वजनिक भएका छन्।
पुष्पलाल अध्ययन समाजले संकलन गरेको र लिपि प्रकाशनले बजारमा ल्याएको उक्त सेटमा ‘नेपालमा कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ र ‘पुष्पलाल/ छानिएका रचना (भाग १ देखि ४)’ समावेश छन्।
सार्वजनिक पुस्तकहरूमा नेकपा स्थापनाको नालीबेली, वि.सं. २०१२ देखि २०३५ सालसम्मका राजनीतिक प्रतिवेदन, दस्तावेज, भाषण, राजाको कदमको विरोध, नेपाली कांग्रेसको विश्लेषण, नयाँ जनवादी क्रान्ति लगायतका महत्त्वपूर्ण ऐतिहासिक विषयवस्तु समेटिएका छन्।
यी पाँचवटै पुस्तकको कुल मूल्य ३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ।
पुष २१, २०८२ सोमबार १०:०६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।