काठमाडौंको तापक्रम यस वर्षकै न्यून
काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंमा यो वर्षकै कम तापक्रम मापन गरिएको छ।
मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियससम्म झरेको छ। मापन अनुसार ललितपुरको सानेपामा ३.३ डिग्री र काठमाडौंमा ३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ।
चिसो बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र न्यानो भएर बस्न सुझाव दिएको छ।
चिसो मौसममा बालबालिका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूलाई स्वास्थ्य समस्या देखिन सक्ने भन्दै उनीहरूको विशेष ख्याल गर्न मन्त्रालयले अनुरोध गरेको छ।
पुष २१, २०८२ सोमबार ०९:३२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।