विवेकशीलबाट आएका सात नेता रास्वपाको केन्द्रीय समितिमा मनोनीत

विवेकशीलबाट आएका सात नेता रास्वपाको केन्द्रीय समितिमा मनोनीत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले विवेकशील साझाबाट पार्टीमा समायोजन भएका सात जना नेतालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले विवेकशील साझाको अध्यक्ष समीक्षा बास्कोटासहित सात जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले समीक्षासहित, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा  र रञ्जु दर्शनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो। रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामै रहँदा विवेकशीलका नेताहरूले निशर्त रास्वपासँग एकता गर्ने निर्णय गरेका थिए।

एकतापछि विवेकशील साझाकी अध्यक्ष समीक्षासहितका केन्द्रका नेताहरू पार्टीको समानुपातिक सूचीमा परेका छन्।

पुष २०, २०८२ आइतबार १६:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।