नेप्से  १०.२९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब

नेप्से  १०.२९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब

काठमाडौँ : साताको  पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.२९ अङ्कले घटेर २६१०.६३ विन्दुमा झरेको छ। आइतबार दिनभरको कारोबार रकम भने ५ अर्ब १ करोड पुगेको छ।

आइतबार पाँच अर्क रुपैयाँ बराबरका १ करोड २ लाख कित्ता सेयर खरिदबिक्री भए। बजारमा ३ सय २३ कम्पनीका शेयर ७९ हजार ७ सय २ पटक कारोबार भयो।

आइतबार कारोबार भएका कुल कम्पनीमध्ये ७९ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ७१ कम्पनीको मूल्य घट्यो। ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।  

आइतबार बजारमा उत्पादनमूलक र होटल र ट्रेडिङ क्षेत्रको मूल्य बढ्दा अन्य सबै समूहको मूल्य घट्यो। अन्य समूहको मूल्य १.६९ प्रतिशत घट्दा  र उत्पादनमूलक क्षेत्रको १.०४ प्रतिशत बढ्यो।

आइतबार विन नेपाल लघुवित्त र श्रीनगर एग्रोटेकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो।  सान्भी इनर्जीको मूल्य ९.१६ प्रतिशत र सागर डिस्टिलरीको मूल्य ७.८३ प्रतिशतले बढ्यो। न्यादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ४.३२ प्रतिशतले घट्यो।  

आइतबार कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रह्यो। यसको ३० करोड ६५ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो। श्रीनगर, बन्दीपुर केबलकार, एनआइसी एसिया बैंक र सागर डिस्टिलरी धेरै कारोबार हुने पाँच कम्पनीभित्र परे। 

पुष २०, २०८२ आइतबार १५:५३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।