फिल्म ‘१२ गाउँ’ अब डिशहोम गोमा उपलब्ध

फिल्म ‘१२ गाउँ’ अब डिशहोम गोमा उपलब्ध

काठमाडौं : सर्वकालीन कमाइ गरेको नेपाली फिल्म ‘१२ गाउँ’ अब डिजिटल प्लेटफर्ममा उपलब्ध भएको छ। डिशहोमले आफ्नो मोबाइल एप ‘डिशहोम गो’मा ‘१२ गाउँ’लाई प्रदर्शन गरेको हो।

नेपालभित्रका दर्शकले २२५ रुपैयाँ र विदेशमा रहेका दर्शकले १.९९ अमेरिकी डलर तिरेर यो फिल्म हेर्न सक्नेछन्। अभिनेता विराज भट्टको निर्देशनमा तयार भएको यस फिल्ममा समीर भट्टले मुख्य भूमिका (डेब्यु) निभाएका छन्। 

फिल्ममा अन्याय र अत्याचारविरुद्ध लड्ने एक योद्धाको संघर्षपूर्ण कथालाई एक्सन प्रधान शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा विराज भट्ट, समीर भट्ट, दिया मास्के, मुरलीधर, सानिशा भट्टराई, नरेन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ। 

सरस्वती भट्ट निर्माता रहेको यस चलचित्रको लेखन सन्तोष सरकारले गरेका हुन्। डिशहोम गो एपमार्फत आफ्नो समय र सुविधाअनुसार विश्वको जुनसुकै स्थानबाट फिल्मको हेर्न सकिनेछ। 

पुष १८, २०८२ शुक्रबार २१:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।