नेपाललाई प्राथमिकता दिँदै डोङफेङको उच्चस्तरीय टोली नेपालमा, नामी गाडी हस्तान्तरण
काठमाडौं : चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनीका अध्यक्ष वाङ लङ नेतृत्वको उच्चस्तरीय टोलीले हालै नेपालको औपचारिक भ्रमण गरेको छ।
नेपाललाई प्राथमिकताको बजारका रूपमा अघि सार्दै टोलीले यहाँको बजार अवस्था, सञ्चालन संरचना र भावी रणनीतिका विषयमा निरीक्षण गरेको हो।
भ्रमण टोलीमा अध्यक्ष वाङसहित स्ट्राटेजिक अपरेसन्स निर्देशक झाओ सियाओजीए, मानव संशाधन निर्देशक चेन जियान र दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिन सहभागी थिए।
टोलीले नेपालमा डोङफेङको बजार प्रदर्शन, पूर्वाधार र ‘आफ्टर सेल्स सर्भिस’ को मूल्याङ्कन गर्दै बजार विस्तारका सम्भावनाबारे स्थानीय साझेदारहरूसँग छलफल गरेको थियो।
सो अवसरमा प्रतिनिधिमण्डलले ग्राहकहरूलाई डोङफेङको ‘नामी’ गाडी हस्तान्तरण समेत गरेको थियो।
भ्रमणका क्रममा डोङफेङले नेपालको विद्युतीय सवारी (ईभी) बजारमा नयाँ उत्पादन भित्र्याउने, पूर्वाधार सुदृढ गर्ने, सेवाको गुणस्तर सुधार गर्ने र स्थानीय साझेदारसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
पुष १५, २०८२ मंगलबार ११:२२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।