प्रतिष्ठानको उपकुलपति नियुक्ति रोक्न उच्च अदालतले दियो अन्तरिम आदेशलाई निरन्तरता
दाङ : स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा आज पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाएपछिको बहसमा अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।
यसअघि अल्पकालीन अन्तरिम आदेश उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले दिएको थियो। उच्च अदालतको अन्तरिम आदेशको निरन्तरतापछि उपकुलपति नियुक्ति प्रकरण हाललाई रोकिन पुगेको छ।
पुष ८, २०८२ मंगलबार १५:०९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।