आजको मौसम : कोशीको पहाडी भू-भागमा आंशिक बदली, बाँकी स्थानमा सफा
काठमाडौं : आज देशका अधिकांश भू-भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे जारी गरेको आगामी २४ घण्टाको बुलेटिन अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ। यी क्षेत्रबाहेक देशका अन्य सम्पूर्ण भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति पनि मौसमको अवस्था दिउँसोको जस्तै रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली कायमै रहने छ भने देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
पश्चिमी वायुको प्रभाव रहे पनि वर्षा वा हिमपातको कुनै विशेष चेतावनी भने आजको बुलेटिनमा उल्लेख गरिएको छैन।
पुष ८, २०८२ मंगलबार ०८:११:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।