मधेस प्रदेशको सभामुखमा जसपाका रामआशिष

मधेस प्रदेशको सभामुखमा जसपाका रामआशिष

जनकपुर : मधेस प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन्।

प्रदेशसभा बैठकमा आइतबार भएको निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका यादव निर्वाचित भएका हुन्।  उपसभामुख बबिता राउत इशरले सभामा उपस्थिति ९६ प्रदेशसभा सदस्यमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत परेको जानकारी दिइन्। 

यसअघि यादवलाई सभामुखमा निर्वाचित गर्न नेपाली कांग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए। यादव धनुषा निर्वाचन क्षेत्र नं २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित भएका थिए।

पुष ६, २०८२ आइतबार १९:३८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।