आजको मौसम : सुदूरपश्चिम र कर्णालीका पहाडी भागमा बदली, तराईमा हुस्सु
काठमाडौं : हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने देशका अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
यद्यपि, तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
पुष ५, २०८२ शनिबार ०७:२६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।