पश्चिमी वायुको प्रभावले केही प्रदेशमा बदली, अन्यत्र सफा
काठमाडौं : हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव देखिए पनि देशका अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। यी क्षेत्र बाहेक देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। यी चार प्रदेश बाहेक बाँकी भू-भागमा भने रातिको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव बाहेक अन्य ठूलो मौसमी प्रणाली नरहेकाले वर्षा वा हिमपातको विशेष चेतावनी जारी गरिएको छैन।
पुष ३, २०८२ बिहीबार ०८:५४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।