डिजिटल बैंकिङमा क्रान्ति: ४ करोडभन्दा बढी ग्राहक मोबाइल र इन्टरनेट बैंकिङको पहुँचमा
काठमाडौं : नेपाल राष्ट्र बैंकद्वारा २०८२ कार्तिक मसान्तसम्मको बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय पहुँच सम्बन्धी तथ्याङ्कले डिजिटल बैंकिङ सेवाको प्रयोगमा ठूलो उछाल आएको देखाएको छ। मंगलबार सार्वजनिक रिपोर्टले देशको वित्तीय समावेशीकरणलाई तीव्र गतिमा विस्तार गरेको देखाएको छ।
रिपोर्ट अनुसार, बैंक तथा वित्तीय संस्थाहरूको डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकहरूको संख्या ४ करोड नाघेको छ।
रिपोर्टमा उल्लेख भए अनुसार देशभर मोबाइल बैंकिङ ग्राहकहरूको संख्या २ करोड ८६ लाख १ हजार ४ सय ४८ पुगेको छ। यो संख्या वर्ग 'क' का बैंकहरूमा मात्रै २ करोड ४५ लाख २७ हजार १२४ रहेको छ। इन्टरनेट बैंकिङ ग्राहकहरूको संख्या २ लाख ७६ हजार ५ सय ५ रहेको छ।
कार्ड र खाताको अवस्था
भुक्तानी प्रणालीमा कार्डको प्रयोग पनि व्यापक रूपमा बढेको छ। डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड ३४ लाख ९ हजार ३ सय २२ पुगेको छ। क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २ लाख ६३ हजार ८ सय ६० रहेको छ।
यस बाहेक निक्षेप खाताहरूको संख्या ६० लाख ४७ हजार १ सय ३३ पुगेको छ, जबकि ऋण खाताहरूको संख्या १ करोड ९९ लाख ४ हजार ५ सय ७३ पुगेको छ।
डिजिटल बैंकिङको पहुँच बढे पनि भौतिक रूपमा शाखा विस्तारले पनि निरन्तरता पाएको रिपोर्टले देखाउँछ। देशैभरि बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या ६ हजार ५ सय २९ पुगेको छ।
पुष १, २०८२ मंगलबार २०:०३:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।