सुनको मूल्य निरन्तर उकालोतिर
काठमाडौं : गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ। सुन तोलामा दुई हजार २ ०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ निर्धारण भएको छ।
शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
मंसिर २८, २०८२ आइतबार ११:३८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।